अलिपुरद्वार नगरपालिकाले डेगु रोकथामका लागि नालीमा छोडे एक लाख गप्पी माछा

IMG-20230822-WA0238.jpg

अलिपुरद्वार: अलिपुरद्वारमा डेंगु रोक्न अलिपुरद्वार नगरपालिकाले एक लाख गप्पी माछा छोड्यो। मङ्गलबार अलिपुरद्वार नगरपालिकाका अध्यक्ष प्रसेनजीत कार र काउन्सिलरहरूले सहरको नालीमा एक लाख गप्पी माछा छोडे। यसका लागि विभिन्न पहल भइसकेको अध्यक्ष प्रसेनजित कारले बताए। डेंगुको प्रकोप रोक्न नगरपालिका तयार छ। प्रत्येक वर्ष मत्स्य विभागसँगको सहकार्यमा पानी जम्मा हुने नगरका विभिन्न नालीमा गप्पी माछा छाड्ने गरेको छ। यस वर्ष शहरका विभिन्न वडामा गप्पी माछा छाडिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement