फाँसीदेवा: आज रेल लाईनमा एकजना ५० बर्षीय जञ्जाल सिंह नामक व्यक्तिको मृत्यु भएको घटना प्रकासमा आएको छ। घटना फाँसीदेवा ब्लकको चकचकी क्षेत्रमा भएको हो।
प्राप्त जानकारी अनुसार बिहान प्रायः ९ बजी जञ्जाल सिंह घरबाट निस्किएको थियो भने चकचकी क्षेत्रको रेल लाईनमा आज तिनको शव पुलिसले उद्धार गरेर पोस्टमार्टमको निम्ति उत्तरबङ्गालको मेडिकल कलेजमा पठाएको थियो। घटनाको जाँचमा पुलिस जुटेको बताईएको छ।










