नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक (भिडीयोसहित)

Bramanda-Teaser0174-copy

टीआरआई समाचार

काठमाडौँ: कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निमार्ण रहेको नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक भएको छ। टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा सार्वजनिक गरिएको छ। ओटीटी प्लेटफर्मको लागि आवस्यक अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै यो सिरिज बनाइएको निमार्ण पक्षले जनाएको छ। एकेडेमीले सिरिज निर्माणको थालनी गरेसँगै नेपालको अहिले सम्म कै ह्याभी वेट सिरिज भनेर चर्चा समेत हुन थालेको छ। आठ भागमा निमार्ण भएको यो ब्रह्माण्ड सिरिजको प्रत्येक भाग एकएक घण्टाको हुनेछ। रियाज नाटक्कार यसका निर्देशक हुन् भने सागरराज आचार्य कार्यकारी निर्माता हुन्। एकेडेमीका सिईओ प्रकाश पुरी सिरिजका क्रिएटिव प्रोड्यूसर हुन्।

पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको सिरिजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, निशा अधिकारीसँगै राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको पनि अभिनय रहेको छ। सिरिजबाट सुप्रज्ञा र सञ्जयले डेब्यु गर्दैछन्। सार्वजनिक टिजर हेर्दा विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले शुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर हुने सम्भावना रहेको छ। यस्तै, केही समय अघि एकेडेमीले ‘मिस स्कार्लेट’ नामक साइको थ्रीलरे सिरिजको टिजर सार्वजनिक गरेको थियो। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement