लोकतन्त्रमा न्यायपालिकाको भूमिका महत्वपूर्ण: राज्यपाल

hhhhhhhhhhcccccccccc_357-1

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले आज सिक्किम उच्च न्यायालयको चरण-४ भवनको संयुक्तरूपमा उद्घाटन गरे।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले समसामयिक समयको उदाउॅंदो मागहरूमाथि प्रकाश पार्दै सोही अनुरूप न्यायिक ढॉंचा अभिवृद्धि गर्नु आवश्यक रहेको बताए। उनले तत्कालीन राजाको घोषणा अनुरूप १९५५ मा सिक्किम उच्च न्यायालयको स्थापना गरिएको उल्लेख गर्दै त्यसपश्चात उच्च न्यायालयले अहिलेसम्म धेरै ऐतिहासिक निर्णयहरूका साथ एक विशिष्ट मार्ग बनाएको छ भनी बताए।

राज्यपालले सामाजिक सद्भावलाई प्रोत्साहित गर्न एक बलियो कानुनी प्रणालीको महत्वपूर्ण भूमिका रहने बताए। उनले भरपर्दो न्यायपालिकाले निष्पक्षता र पारदर्शितामा विश्वासलाई बढाउॅंछ भन्दै यसले हिंसाको सहारा नलिइ कानुनी माध्यमबाट विवादको समाधान गर्न प्रोत्साहित गर्दछ भनी बताए। उनले लोकतन्त्रमा न्यायपालिकाको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्दै राष्ट्रको स्थिरता र विकास प्रवर्द्धनमा न्यायपालिकाको भूमिकाको सराहना गरे। मौलिक अधिकारहरूको संरक्षकको रूपमा न्यायपालिका शासन व्यवस्थाको आधार रहेको बताए। उनले यस अवसरमा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश र सिक्किमका जनतालाई बधाई दिए भनी राजभवनले प्रेस विज्ञप्तिमा बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement