२२ अगस्तः ईंग्लिश प्रीमियर लीगमा आर्सनलले लगातार दोस्रो जीत हासिल गऱ्यो। सोमवार राति खेलिएको म्याचमा आर्सनलले क्रिस्टल प्यालेसलाई १-०-ले पराजित गऱ्यो। आर्सनलले यसअघि प्रीमियर लीगको नयाँ सीजनमा नटिंघम फरेष्टलाई २-१-ले पराजित गरी अभियान शुरु गरेको थियो। यसपाली टीमले क्रिस्टल प्यालेसको होम ग्राउण्डमा खेल्दै रोमाञ्चक जीत हासिल गऱ्यो। आर्सनलबाट म्याचको एकमात्र गोल मार्टिन ओडेगार्डले गरे। उनले ५३औं मिनटमा पेनल्टीबाट गोल गरे। म्याचमा आर्सनलको टीमले ६७ मिनटपछि दशजना खेलाड़ीको साथ खेल्नु पऱ्यो। जापानका डिफेण्डर ताकेहिरो तोमियासूलाई रेड कार्ड देखाइयो। एकजना डिफेण्डरलाई गुमाएपछि आर्सनलमाथि दबाउ सृष्टि भए पनि क्रिस्टल प्यालेसले मौकाको फाइदा उठाउन सकेन। प्रीमियर लीगको नयाँ सीजनमा अहिलेसम्म सबै टीमले २-२ वटा म्याच खेलिसकेको छ अनि अहिलेसम्म केवल तीनवटा टीमले आफ्नो दुवै म्याच जितेको छ। यसमा आर्सनलको साथमा ब्राइटन र गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटी सामेल छ।










