२२ अगस्तः सिमोना हालेपलाई अस्थायी डोपिंग निलम्बनले गर्दा सोमवार सालको चौथो ग्राण्ड स्ल्याम यूएस ओपनबाट बाहिर गरियो। यूएस ओपनको आयोजक अमेरिकी टेनिस संघले दुईपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन तथा विश्वकी पूर्व नम्बर एक खेलाड़ी रोमानियाकी हालेपको नाम टुर्नामेण्टको ड्र-मा सामेल गरिन अघि नै हटाइएको घोषणा गऱ्यो। फ्लशिंग मिडोजमा २८ अगस्तदेखि शुरु हुने यूएस ओपनको महिला एकल ड्र-मा हालेपको स्थानमा टेलर टाउनसेण्डलाई सामेल गरिएको छ। अस्थायी निलम्बनको अवधि कुनै पनि खेलाड़ीले कुनै मान्यता प्राप्त प्रतियोगितामा हिस्सा लिन सक्दैनन्। इण्टरनेशनल टेनिस इण्टिग्रिटी एजेन्सीले बताएअनुसार, हालेपलाई गत वर्ष यूएस ओपनमा प्रतिबन्धित पदार्थ रक्सडस्टेट-को सेवनको निम्ति पोजिटिभ पाइएको थियो। हालेपमाथि उनको एथलीट बायोलजिकल पासपोर्ट-मा अनियमितताहरूले गर्दा मईमा दोस्रो डोपिंग अपराधको आरोप लगाइएको थियो।