खरसाङ: लैनसिंह बाङ्देल साहित्यकला प्रतिष्ठान अनि श्री श्री जानकी माता नेपाली धार्मिक संघ कलकत्ताको संयुक्त आयोजनामा ३१ओँ भाषा मान्यता दिवस पालन गरिएको छ। सन्तोषी सिंहद्वारा सरस्वती बन्दनापछि कार्यक्रमको शुरुआत भयो। कार्यक्रममा सभापति गुञ्जदास श्रेष्ठ, मुख्य अतिथि नाट्य भूषण सीके श्रेष्ठ, विशिष्ट अतिथि देविका मोक्तान, अतिथिहरूमा क्रमश: कथाकार शमसेर अली, साहित्यकार नारायण प्रसाद होमागाई, साहित्यकार गणेश प्रधान, साहित्यकार हिरा छेत्री आदि उपस्थित थिए। कार्यक्रममा नाट्य भूषण सीके श्रेष्ठलाई भाषा गौरव सम्मानले सम्मानित गरियो। यसै अवसरमा काेलकत्तामा विभिन्न कलेजमा अध्ययनरत् विद्यार्थीहरुमा कविता प्रतियोगिता राखिएको थियोे। जसमा प्रयास राई प्रथम, बिमर्श दोस्रो र बेदान्त तामाङ तेस्रो भएका थिए। कविता प्रतियोगितामा उत्साहजनक नानीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा प्रयास बान्तवा राई, बिमर्श, बेदान्त तामाङ, सन्तोषी सिंह, आशा उपाध्याय, निरजला तामाङ, सन्दीप शर्मा आदिले आफ्ना स्वरचित कविता सुनाए। सीके श्रेष्ठ, देविका मोक्तान, शमसेर अली, नारायण प्रसाद होमागाई अनि हिरा छेत्रीले भाषा विषयमा आ आफ्नो मन्तव्य राखेका थिए। काेलकत्ताको रविन्द्र सदनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सञ्जीव गुरुङले अनि धन्यवाद ज्ञापन गुञ्जदास श्रेष्ठले गरेका थिए। कार्यक्रमको सञ्चालन विकास कार्कीले गरेका थिए भनी जानकारी प्राप्त भएको छ।










