जोरथाङमा विश्व उद्यमी दिवस साथै कार्यशाला आयोजित

IMG-20230822-WA0323.jpg

जोरथाङः दक्षिण जिल्लाको जोरथाङमा एसआईआरडी कर्फेक्टार र नाबार्डको संयुक्त पहलमा विश्व उद्यमी दिवस साथै एक दिवसीय विशेष कार्यशाला आयोजना गरियो। कार्यक्रममा राज्यभरिका उद्यमी, सेल्फ हेल्प ग्रुप साथै एसआईआरडीका अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा मुख्य अतिथिकोरूपमा उद्योग विभागका अध्यक्ष एमबी छेत्री रहेका थिए भने विशिष्ट अतिथिहरूमा एसआईआरडीका निर्देशक लगायत नाबार्डका अधिकारीहरू उपस्थित थिए। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य ग्रामीण क्षेत्रका उद्यमीहरूलाई बढावा दिनुका साथै ग्रामीण क्षेत्रलाई आर्थिक क्षेत्रमा अघि बढाउनु रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एमबी छेत्रीले वर्तमान सरकार युवाहरूप्रति गम्भीर रहेको हुनाले राज्यका प्रत्येक युवाहरूलाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको बताए। राज्यका बेरोजगार युवाहरूको समस्यालाई ध्यानमा राख्दै उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले युथ स्टार्ट-अप योजना शरू गरेको जानकारी गराए। उनले आफ्नै व्यवसाय शुरु गर्ने उद्यमीहरूप्रति सरकारको संकल्प साथै प्रतिवद्ध्तामाथि पनि प्रकाश पारे। उनले यस्तो पहल र युवा उद्यमीहरूलाई सशक्तिकरण गरेकोमा एसआइआरडी अनि पीआर-लाई बधाई पनि दिए। सोही प्रकारले उद्दय़ोग विभागका महाप्रबन्धक एडी राईले स्टार्ट अप स्किमबारे प्रकाश पार्दै यसको लाभ युवाहरूले उठाउनु पर्ने आग्रह गरे।

About Author

Advertisement