जिल्लापाल ठटालले गरे बुनियादी शिक्षा अभियानको उद्घाटन

abhiyan._138

सोरेङः सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले आज सोरेङ जिल्लाको आईसीडीएस केन्द्रमा बुनियादी शिक्षा अभियानको उद्घाटन गरे। जिल्ला प्रशासनिक केन्द्र र परिमल फाउण्डेसनको संयुक्त पहलमा राष्ट्रिय शिक्षा नीति र प्रारम्भिक बाल्यकाल हेरचाह अनि शिक्षा कार्यक्रम अन्तर्गत यसको उद्घाटन गरिएको हो। यस कार्यक्रममा सोरेङ ग्राम पञ्चायत यूनिटका अध्यक्ष दिना हाङमा सुब्बा, सोरेङ सरकारी उच्चत्तर माध्यमिक विद्यालयका प्रचार्य डा. डीबी छेत्री लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल ठटालले प्राथमिक शिक्षाको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने यस पहलका लागि परिमल फाउण्डेसनलाई बधाई दिए भने भविष्यमा पनि यस प्रकारको प्रयासहरूको निम्ति शुभकामना व्यक्त गरे।

About Author

Advertisement