गान्तोकः दरामदिन समष्टिका बुढियाखोप र सालाङदाङ ब्लकबाट धेरैजनाले एसडीएफ पार्टी त्यागेर सत्तारूढ पार्टी एसकेएम पार्टीमा सामेल भएका छन्। उनीहरू सबै क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाको ओख्रेस्थित निजी निवासमा अधिकारिक रुपमा एसकेएम पार्टी सामेल भए भने मन्त्री शेर्पाले खदा लगाए पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा हस्तान्तरण गरे।
एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस तामाङको कुशल नेतृत्वमा हाल ४ वर्षमा राज्यहितमा गरिएको उल्लेख्य कार्यसँगै क्षेत्र विधायक एवं मन्त्रीद्वारा शेर्पाले क्षेत्रवासीको हितमा गरेका कामहरूले प्रेरित बनेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सामेल भएको उनीहरूले विचार पोखेका छन्। अबउसो एकजुट भएर जनहितमा पार्टीको काम गर्ने उनीहरूले कटिबद्धता व्यक्त गरेका छन्।