३५१ करोड़ रूपियाँको ब्याङ्क हिनामिना मामिलामा सीबीआईले कोलकातामा कम्पनीको कार्यालायमा छापा माऱ्यो

IMG-20230410-WA0169-11-300x172-15

कोलकाताः वीजा स्टीलका प्रमुख विश्वम्वर शरणमाथि ३५१ करोड़ रूपियाँको ब्याङ्क हिनामिनाको आरोप लागेको छ। यस क्रममा केन्द्रिय जाँच एजेन्सी (सीबीआई) ले मंगलवार बिहानदेखि अलीपुर स्थित वीजा हाउसमा छापा मारेको छ। सोधपुछ गर्नका साथै तलाशी पनि जारी छ। २०२० मा विश्वम्वर शरण विरूद्ध हिनामिनाको मामिला दर्ता गरिएको थियो। त्यही केसको आधारमा जाँच चलिरहेछ। विश्वम्वरमाथि ऋणलाई लिएऱ दिवालिया घोषित गरी हिनामिना गरेको आरोप छ। कम्पनीका निदेशक विश्वम्वर शरणले एक सरकारी ब्याङ्कबाट ३५१ करोड़ रूपियाँसम्मको लोन लिए। पछि उनले कम्पनीलाई दिवालिया घोषित गरे। लोनको रकममा हिनामिना गरिएको आरोप छ।

मंगलवार बिहानै सीबीआई अधिकारीहरूले ८/१० अलीपुर रोड स्थित वीजा हाउसमा छापा मारे। पाँच गाड़ीमा २५-२६ सीबीआई अधिकारी पुगे। सूत्रहरू अनुसार, वीजा स्टीलको दस्तावेजहरूको जाँच भइऱहेछ। त्यस कम्पनीका धेरै कार्यकर्ताहरूसित पनि सीबीआई अधिकारीहरूले सोधपुछ गरिरहेका छन्। स्थानीय थानाका पुलिसकर्मी बाहिर खड़ा छन्। सीबीआईका अधिकारीले एजेन्सीका वरिष्ठ अधइकारीहरूसित कुरा गरिरहेका छन्। यद्यपि, विश्वम्वर शरण अहिले कार्यालयमा छन् वा छैनन् यो स्पष्ट छैन। उनको भाजपा नेताहरूसित राम्रो सम्पर्क रहेको दाबी गरिन्दैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement