मेरो माटो मेरो देश अभियान अन्तर्गत राज्यस्तरीय समारोह आयोजित

IMG-20230822-WA0325.jpg

गान्तोकः मेरो माटो मेरो देश कार्यक्रम अन्तर्गत सिक्किमले राज्यस्तरीय कार्यक्रम आयोजन गरेको छ। आज मंगलवार गान्तोकको मनन भवनमा आयोजित समारोहमा राज्यपाल लक्ष्मण प्रसाद आजार्य मुख्य अतिथि र मुख्यमन्त्री पीएस तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। सिक्किम राज्यमा मेरो माटो मेरो देश कार्यक्रम १३ अगस्तदेखि पश्चिम सिक्किमको च्याखुङबाट मुख्यमन्त्री तामाङले शुरु गरेका थिए भने १४ अगस्तमा अदमपुल स्कूलमा आयोजित सामरोहमा राज्यपालले विशेष सहभागिता जनाएका थिए। देशले स्वतन्त्रता प्राप्त गरेको ७५औं वर्षगाँठका अवसरमा आयोजित देशव्यापी अभियानअन्तर्गत देशलाई स्वतन्त्रता दिलाउने महान सेनानी तथा देश सुरक्षामा खट्ने जवानहरूको सम्मानका लागि आयोजित कार्यक्रम अवधि स्वतन्त्रता सेनानीहरूको सम्झनामा तयार पारिएको स्मृतिपटल शिलाफलकमको राज्यपाल र मुख्यमन्त्रीले अनावरण गरे। मनन भवनमा उपस्थित सिक्किम सरकारको विभिन्न विभागका मन्त्री, विधायक, जनप्रतिनिधि र सरकारी कर्मचारीलाई राज्यपाल लक्ष्मण प्रसादले मेरो माटो मेरो देश अभियानमा समाविष्ट पञ्चप्रणको शपथ दिलाए।

कार्यक्रम अवधि राज्यको सूचना तथा जनसम्पर्क विभागले आजादीका अमृत महोत्सव कार्यक्रम अन्तर्गत गत वर्ष आयोजित हर घर तिरङ्गा अभियान र यस वर्ष राज्यमा आयोजित मेरो माटो मेरो देश अभियान माथि तयार पारिएको वृत्त चित्र प्रस्तुत गरेको थियो। जानकारी गराइन्छ, यस राष्ट्रिय अभियानका क्रममा सिक्किमका १९९ वटा ग्राम, सातवटा स्थानीय शहरी निकाय, ९१ वटा सरकारी उच्चतर माध्यामिक विद्यालय, राज्यमा सञ्चालित निजी विद्यालय आदिमा कार्यक्रम आयोजन गर्न सहित स्वतन्त्रता सेनानी र स्थानीय स्तरबाट देश सुरक्षामा योगदान दिएका जवानहरूको स्मरणमा तयार पारिएको स्मृतिपटल शिलाफलकमको स्थापना गरिएको छ। आज आयोजित राज्यस्तरिय समारोहलाई सम्बोधन गर्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमे देशको स्वतन्त्रता लागि पुऱ्याएको योगदानको सराहना गर्दै सिक्किमका मानिसहरूले देखाएको देशभक्ति सबैको निम्ति गौरवको विषय रहेको बताए। यस अवसरमा राज्यपालले स्वतन्त्रता आन्दोलमा योगदान दिने सिक्किमकी हेलेन लेप्चा र त्रिलोचन पोख्रेल सहित भिसी गञ्जु लामाको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरे।

उनले सिक्किम राज्यले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिको सरहना गर्दै राज्यले गेरका सबै प्रगति देशभक्ति नमूना हुन् भन्ने बताए। सिक्किमले स्वच्छताका क्षेत्रमा गरेको कार्य, नारीहरूको सम्मानका कार्यक्रम, साक्षतरतामा अग्रणी जस्ता कार्यको सबैको निम्ति प्रेरणादायी बताउँदै राज्यपालले सिक्किमको सुदुर ग्रामीण तथा सामीवर्ती गाउँका मानिसहरू पनि देशभक्ति र राष्ट्र प्रेममा समर्पित रहेको आफूले अनुभव गरेको बताए। आजादीका अमृत महोत्व र मेरो माटो मेरो देश अभियान सम्मिलित सबैको भावनाले सिक्किमेलाई देशसँगको गहिरो सम्बन्धमा बाँधेर राखेको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले राज्यव्यापी समारोहलाई सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गरे। देशप्रति समर्पित भएर गरानुपर्ने कुनैपनि कार्यका लागि सिक्किम कहिलै पछि नहट्ने यस अवसरमा मुख्यमन्त्रीले प्रतिवद्धता व्यक्त गरे।

राष्ट्रहित र राष्ट्रियस्तरका कार्यक्रममा सबैलाई समेटेर अघि बढ्न सक्नु सिक्किमको लागि उपलब्धिपूर्ण मान्दै मुख्यमन्त्रीले १२ मार्च, २०२१ देखि शुरु भएको आजादीका अमृत महोत्सव अभियानमा सिक्किमले गरेका कार्यहरूमाथि प्रकाश पारेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएको र यसमा सिक्किम सानो राज्य भएर पनि राज्यको योगदान ठूलो रहेको बताए। साढे चार वर्षको एसकेएम सरकारको कार्यकालमा देशको विकासको मानचित्रमा सिक्किम फूल्न र फल्न थालेको उल्लेख गर्दै सरकारले विसाक गतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। पूर्व सरकारको कार्यकालमा सिक्किमको विकास गतिमा जानी-जानी वाधाका खाडल खनिएका आरोप लगाउँदै मुख्यमन्त्रीले यी जोखिमपूर्ण खाडल पुर्न वर्तमान सरकार दिनरात लागि परेको बताए। राजयमा विभिन्न कारणले पछि परेका र दुखमा परेका जनतालाई सहयोग गर्न दिन रात एक गरेर काम गर्ने प्रतिज्ञा गर्दै मुख्यमन्त्रीले सरकारले सबै क्षेत्रमा समावेशी काम गर्ने बताए।पूर्व सरकारले विगारेका कार्यलाई सुधार गर्नुपर्ने अवस्थाका कुनै पनि कार्यमा वर्तमान सरकारबाट हेलचेक्राइं नहुने यस अवसरमा मुख्यमन्त्रीले बताए। भारत देशको विकाशका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले शुरु गरेको टिम इण्डियाको परिकल्पना सरह सिक्किमले पनि राज्यको समग्र विकासका लागि टिम सिक्किम भएर अघि बढ्नुपर्ने मुख्यमन्त्रीले अपील गरेका छन्।

About Author

Advertisement