सिलगढी: भाजपाले सडकमा धान रोपेर अनौठो आन्दोलन सुरु गरेको छ। पुरै सडक खाल्डाखुल्डीले भरिएको छ। लामो समयदेखि मर्मत नगर्दा अहिले सानो पोखरी बनेको छ। यो अवस्था सिलगढी नगरनिगमको वडा नम्बर ४६ को पोकाइजोट क्षेत्रको हो। व्यस्त क्षेत्रमा धेरै विद्यालयहरू छन्।

दुर्घटनाको सिकार सर्वसाधारण र विद्यालयका विद्यार्थी भइरहेका छन्। वार्डका र यस क्षेत्रका पार्षदलाई पटकपटक भेटेर पनि केही भएको छैन। फलस्वरूप भाजपा नम्बर १ मण्डल समितिले सडकमा धान रोपेर आन्दोलन सुरु गरेको थियो। आगामी दिनमा नगरनिगमले सडक सुधारका लागि पहल नगरे आमजनतासँगै ठूलो आन्दोलन गर्ने चेतावनी दिइएको छ।









