गोरामुमोद्वारा कालेबुङमा गोर्खा अकर्ड डे पालन

IMG-20230822-WA0262.jpg

गोर्खा अकर्ड गोर्खाले परिचय पाएको दिन हो: निरज जिम्बा

कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङले गोर्खा अकर्ड डे पालन गरेका छन्। दार्जीलिङ विधानसभा क्षेत्रका विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बाको प्रमुख उपस्थितिमा कालेबुङ कफेर सार्वजनिक भवनमा भव्य रुपमा पालन गरिएको जानकारी प्राप्त भएको छ। गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल दावा शेर्पा, केन्द्रीय समिति सदस्य भक्त जैरु, सबास्टेन प्रधान, लाक्पा शेर्पा, लोपसाङ लामा, बुद्ध तामाङ, संजोक गुरुङ लगायत गोरामुमो शीर्ष नेतृत्ववर्ग, भातृ संगठन अनि साथै पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेका थिए।

आजको कार्यक्रममा विभिन्न संस्कृति कार्यक्रमको पनि आयोजना गरिएको थियो। गोर्खा अकर्ड डे मनाउने औचित्यबारे वक्ताहरुले आ- आफ्नो वक्तव्यहरु राखेका थिए। प्रमुख वक्ताको रुपमा बोल्दै विधायक निरज जिम्बाले भने, ‘भारतीय इतिहासमा गोर्खाहरुको निम्ति २२ अगस्त १९८८ को दिन अति महत्त्वपूर्ण दिन हो आजको दिन बंगाल चर्काएको दिन हो। यो कार्यक्रम पार्टीको नभएर जातिको कार्यक्रम हो। हाम्रो जातिको अतुल्य गोर्खा नेता सुवास घिसिङ गोर्खा गान्धी हो। सुवास घिसिङको केवल शरीर हामीसंग छैन तर वहाँको सिद्धान्तलाई शिरोपर गरेर हामी अघि बढिरहेका छौं। परिचय भनेको धेरै प्रकारको हुन्छ। सुवास घिसिङले जुन हस्ताक्षर गर्‍यो तर अण्डर प्रोटेस्ट गरेको थियो। यो सम्झौता दिवस होइन तर यो गोर्खा अकर्ड डे हो। गोर्खाले परिचय पाएको दिन हो। भारतीय संविधानमा गोर्खाहरुले परिचय पाएको दिन हो। सुवास घिसिङ प्रत्येकको ढुकढ्की हो। राष्ट्रले चिनेको नेता हो। यसैकारण आज दिल्लीले अध्यक्ष मन घिसिङलाई चिन्छ।’ नागरिकताको विषयमा विधायक जिम्बाले भने, ‘२३ अगस्त १९८८ को दिन गोर्खाहरु भारतको खाँटी नागरिक हुन् भनी भारत सरकारले अधिसूचना जारी गरी मान्यता पाएको दिन हो। सुवास घिसिङले जति गरेर जानु भयो त्यति अहिलेको नेताहरुले गरेर देखाहोस् त। आजको जमघटले यो प्रमाण गरेको छ कि अझै पनि हरियो झण्डामा जनताको आस्था छ। सुवास घिसिङले सबै ल्याएको हो गोर्खाको निम्ति तर यहाँको मान्छेले बुझ्न सकेन। राजनीतिमा सबैभन्दा ठूलो इमानदारिता हो त्यो हरियो झण्डामा छ। स्थायी राजनैतिक समाधान पनि सुवास घिसिङको दुरदर्शिता हो। १९९१ मा दिल्लीलाई गोर्खाहरुको निम्ति स्थायी राजनैतिक समाधान गर भनेर जनाएका थिए। पार्टीभन्दा जाति ठूलो भन्ने मुल मन्त्र लिएर आज मन घिसिङ अघि बढिरहेका छन्। यसैकारण दिल्लीले पनि अध्यक्ष मन घिसिङलाई चिनेको छ सुवास घिसिङको सम्पूर्ण गुण अध्यक्ष मन घिसिङमा छ।दिल्लीमा ठूलो ठूलो बुद्धिजीवीहरु गएका थिए तर के चाहिँ ल्यायो त ? हामीले बाटो छोडिदिएका थियौं। यसकारण अपराध चिताउनु हुँदैन। ३१ अगस्त २०२३ भदौरे पूर्णे हो। त्यस दिनदेखि अर्कै राजनैतिक परिवर्तन भएर जानेछ। दिल्लीमा एकदमै शुभ छ। काम हुँदैछ। जे पनि हुन्छ हाम्रै हुन्छ।’

विधायक जिम्बाले कार्यक्रममा जनाए,’ गोर्खाल्याण्ड त आयो तर गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिट्रेसन लेखेर आयो। आज छैटौं अनुसूची लत्याएर के पायौं त? छैटौं अनुसूची थाप्नेहरु आज कहाँ पुग्यो हामी आज कुन अवस्थामा छौं। तर अब एउटा शुभ बिहान आउनेछ तपाईं हाम्रो निम्ति। गोर्खाहरुको जातगोष्ठीको निम्ति पनि सुवास घिसिङले नै कदम चालेका थिए। सबै कुरा सुवास घिसिङको राजनैतिक दुरदर्शितामा फत्ते भएर जानेछ।गो ब्याकको नारा लगाउनु हुँदैन, काम पो लगाउनु पर्छ। सांसद राजु बिष्टलेले आफ्नो क्षमता अनुसार काम गरैकै हो र काम गर्दैछ गोर्खाहरुको निम्ति।बीजेपीलाई हामीले बाटोको निम्ति ल्याएको होइन माटोको निम्ति ल्याएको हो। दिल्लीले न्याय दिन्छ सुर्ताउनु पर्दैन।’

विधायक निरज जिम्बाले आफ्नो सम्बोधनको क्रममा भने, केवल गोर्खा राष्ट्रिय मुक्ति मोर्चा जातिगत पार्टी हो। तिमीले विकास गराउँछौ त कसको विकास गराउछौं त बगांलको गराउँछौ हामीलाई हाम्रो पहाडको विकास गराउनु छ।’

About Author

Advertisement