जीटीएलाई आइसीआईसीआई ब्याङ्कद्वारा ४ वटा एम्बुलेन्स प्रदान

IMG-20230822-WA0247.jpg

दार्जिलिङ: आइसीआईसीआई ब्याङ्कले जीटीए क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन ४ वटा एम्बुलेन्स प्रदान गरेको छ। आज ब्याङ्कका प्रतिनिधिले एम्बुलेन्सको चाबी जीटीए प्रमुख कार्यापाल अनित थापालाई सुम्पेका छन्। यसपछि अनित थापाले ती एम्बुलेन्सहरू सम्बन्धित विभागलाई हस्तान्तरण गरेका छन्। आइसीआईसीआई ब्याङ्कलाई धन्यवाद दिँदै अनित थापाले भने, “हामीले ब्याङ्कसँग सम्पर्क राखेर यहाँ उहाँहरूले कुन-कुन क्षेत्रमा सहयोग गर्नु सक्नेछन् भनी कुरा अघि बढाएका थियौं। शुरुवात एम्बुलेन्स गाडीदेखि भएको छ। उहाँहरूले वचन दिनु भएको ८ वटा एम्बुलेन्समध्ये आज चारवटा हामीलाई सुम्पिएको छ। एम्बुलेन्स उच्च कोटिको रहेको छ। मैले आज नै यी चारवटा एम्बुलेन्स स्वस्थ्य विभागलाई सुम्पेको छु। सीएमओ-हरुले यी एम्बुलेन्स गाउँका स्वास्थ्य केन्द्र अनि अस्पतालहरुलाई पठाउने भएका छन्। यसले ग्रामीण क्षेत्रको स्वास्थ सेवालाई ठूलो टेवा पुग्नेछ। अर्कोतिर, भविष्यमा पनि ब्याङ्क जीटीएसँग संयुक्त योजनाहरूमा संलग्न रहन तयार रहेको ब्याङ्कका प्रतिनिधिहरूले बताएका छन्।

About Author

Advertisement