हत्यारालाई फाँसीको माग गर्दै महिलाले अदालत परिसरमा प्रदर्शन

0d05d50b-eec7-401b-ad8c-297d5699986a

सिलगढीः सिलगढीको मटिगढामा एक नाबालिग छात्राको टाउको काटेको आरोपमा पक्राउ परेकालाई मृत्युदण्डको सजायको माग गर्दै स्थानीय जनता र नेपाली समुदायका महिलाले आज सिलगढी अदालतमा विरोध प्रदर्शन गरेका छन्। मंगलबार सिलगढी अदालतमा महिलाहरूले दोषीलाई फाँसी दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। स्मरण रहोस् कि हिजो दिउँसो सिलगढीको मटिगढाको मोताज्योत क्षेत्रमा एक नाबालिगको रगतले लतपतिएको शव भेटिएको थियो।

घटनाको अनुसन्धान गर्दै अभियुक्त मोहम्मद अब्बासलाई मंगलबार बिहान लेलिन कोलोनी इलाकाबाट पक्राउ गरिएको हो। आज जब आरोपीलाई सिलगढी अदालतमा लगिएको थियो, त्यहाँ महिलाहरूले उनलाई फाँसी दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरे। ती नाबालिग सिलगढीको नेपाली माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement