अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको सतली मण्डल इलाकामा एउटा हात्तीको मृत्यु भएपछि सनसनी फैलिएको छ। स्थानीयवासीले मंगलबार बिहान उक्त क्षेत्रको धानबारीमा वयस्क हात्तीको शव फेला पारेका हुन्। त्यसपछि वन विभागलाई खबर गरिएको थियो। अहिले वन विभागका अधिकारी घटनास्थल पुगेका छन्। यद्यपी यो हात्तीको मृत्यु के कारणले भयो भन्ने खुल्न सकेको छैन।

हात्तीको सोण्ड खेतमा ब्लेडको तारमा अड्किएको थियो। मृत हात्ती वयस्क नर हात्ती भएको बताइएको छ। हात्तीको मृत्यु सामान्य नभएर अस्वाभाविक मृत्यु भएको क्षेत्रवासी बताउँछन्। वन विभागका पशु चिकित्सक घटनास्थल पुगेका छन्। हात्तीको शवको पोष्टमार्टम गरिने, पोष्टमार्टमपछि मृत्युको वास्तविक कारण खुल्नेछ।