पिकअपले म्याजिकलाई धक्का दिँदा ६ जना घाइते

1000170896.jpg

नक्सलबारी: म्याजिक र पिकअप भ्यान एक-अर्कोसित ठोक्किएपछि पिकअप भ्यानले नियन्त्रण गुमाएर यात्रु वाहक म्याजिकलाई धक्का दिएको छ। यसरी धक्का दिएर सो पिकअप त्यहाँबाट भागेको बताइएको छ।यो घटना नक्सलबारीको स्कुलडाँगी चोकमा भएको हो।यस घटनामा मोठ ६ जना घाइते भएका छन्। घाइतेहरूमा चालकसहित ३ जना विद्यार्थी पनि सामेल छन्। घटना पछि पुलिसले घाइतेहरुलाई उद्धार गरेर नक्सलबारी अस्पताल पठाइएको छ। यसैगरी, गम्भीर घाइते अवस्थामा रहेको म्याजिक चालकलाई उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पताल पठाइदिएको छ। नक्सलबारी पुलिसले धक्का दिएर भाग्ने पिकअप वाहनको खोजी शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement