खरसाङ: युवा पिढीमा टेबल टेनिस खेललाई लोकप्रिय बनाउन हालैमा भएको खरसाङ टेबल टेनिस एसोसिएसन (केटीटीए) का सदस्यहरूले आज खरसाङ महकुमा अधिकारी अवध सिङ्घललाई उनको कार्यालयमा सौहार्दपूर्ण भेटघाट गर्योl यस भेटघाटको अवसरमा खरसाङ क्षेत्रमा टेबल टेनिसको विकासलाई लिएर महकुमा अधिकारीसित कुराकानी भयोl यसै क्रममा महाकुमा अधिकारीलाई केटीटीएको मुख्य संरक्षकको पद ग्रहण गरिदिन आग्रह गरियोl यस आग्रहलाई उनले स्वीकार गरेका छन्l अब केटीटीएका मुख्य संरक्षक खरसाङ महकुमा अधिकारी अवध सिङ्घल रहनेछन्l उनी मुख्य संरक्षक रहने भएपछि केटीटीएका सम्पूर्ण सदस्यहरूमा नयाँ उर्जा संचार भएको छl खरसाङमा टेबल टेनिस खेल्नका लागि ठाउँ नभएको बारेमा पनि महकुमा अधिकारीलाई अवगत गराइयोl यस समस्यालाई बुझेर उनकै बंगलो (महकुमा अधिकरी) नजिकको सानो हलमा टेबल टेनिसको प्रयोग गर्न महकुमा अधिकारीले अनुमति दिएका छन्l यसको निम्ति केटीटीएका सदस्यहरूलाई उनीप्रति कृतज्ञता जनाएका छन्l आज महकुमा अधिकारीलाई भेट गर्न जाँदा केटीटीएका अध्यक्ष उत्तम चन्द्र प्रधान, कार्यकारी अध्यक्ष अश्विनी अग्रवाल, सचिव विमल मुखिया, सह सचिव राम प्रधान, मुख्य सल्लाहकार शंकर राउत, कार्यकारी सदस्यद्वय विशाल आले र सुरज मोहपाल सहभागी थिएl
उल्लेखनीय छ, महकुमा अधीकारीको बंगलो नजिकको सानो हाल प्रयोग गर्न पाउने भएपछि खरसाङमा टेबल टेनिसको लागि यो एउटा राम्रो संयोग जुरेको छl सन् १९८१ देखि १९९० को दशकसम्म यही ठाउँबाट खरसाङमा टेबल टेनिस निक्कै लोकप्रिय बनेको थियोl त्यति बेला यहाँ सरकारी अधीकारीहरूले स्थापना गरेको खरसाङ क्लब थियोl सो बेला खरसाङमा टेबल टेनिसको लोकप्रियता बढाउनका लागि यस क्लबको विशेष योगदान रहेको छl