२३ हजार लागुऔषधसहित दुई जना पक्राउ

IMG-20230822-WA0050.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको मदारीहाट ब्लकको बीरपाराबाट अलिपुरद्वार जिल्ला पुलिसले करिब २३ हजार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बिहारका सञ्जय कुमार र बीरपारा नयाँ लाइनका अनिल सुरीलाई एनडीपीएस अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पुलिसले सोमबार राति अलिपुरद्वार जिल्लाको लंकापाडा रोडमा एक व्यक्तिको झोलाबाट लागुऔषध क्याप्सुल र चक्की बरामद गरेको छ। यस घटनामा दुई जना पक्राउ परेका छन्। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement