भारतीय नौसेनाका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

n5302557661692646110477df1bb74b880116ad6f5863b747d99d15b9ac04c5d47e008e414afbd41f4b30f0.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङमा भारतीय नौसेनाका वरिष्ठ अधिकारीहरूसॅंग भेट एवं अन्तरक्रिया गरे। अधिकारीहरूको टोलीलाई क्याप्टन दल्बिर सिंहले नेतृत्व गरेका थिए।

भारतीय नौसेनाका अधिकारीहरूले मुख्यमन्त्रीलाई सिक्किम भ्रमण गर्नुको उद्देश्यको बारेमा जानकारी गराए। अधिकारीहरू महत्वपूर्ण जानकारीहरू लिन, राज्यको गतिशीलता र नागरिक सैन्य सहयोग बुझ्न आएको बताइएको छ।

मुख्यमन्त्रीले राज्य सरकारद्वारा सशस्त्र सेनाहरूको सम्मानमा गरेका विभिन्न पहलहरूको जानकारी गराए। उनले राज्य सरकार देशको सुरक्षालाई लिएर गम्भीर रहेको बताउॅंदै यसको निम्ति राज्य सरकारको तर्फबाट हर सम्भव सहयोग गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement