सिक्किम र नेपालका कृषि मन्त्रीबीच बैठक

IMG-20230822-WA0002.jpg

गान्तोक: राज्यका कृषि, बागवाणी तथा पशुपालन विभागका मन्त्री लोकनाथ नेपालले नेपालका कृषि तथा पशुधन विकास मन्त्री बेदुराम भुसालसँग भेट गरे। काठमाड़ौ स्थित मन्त्री भुसालको निवासमा सो भेट सम्पन्न भएको हो। मन्त्रीद्वयले आ- आफ्नो क्षेत्रको कृषि तथा पशुपालनको विद्यमान अवस्थाबारे चर्चा गर्दै शुभकामना आदान-प्रदान गरेका गरे। अन्तरक्रियाका क्रममा मन्त्री नेपालले मलको तयारीबारे थप जान्नका साथै नेपालमा चाङ्ग्रा बाख्रा पालन तथा संरक्षणका साथै कालीज, तितर र चौंरी खेती गर्ने प्रक्रियाबारे पनि बुझ्ने चासो व्यक्त गरेका थिए। उनले मुख्यमन्त्री कृषि आत्म निर्भर योजना, डेयरी प्रोत्साहन योजना, मुख्यमन्त्री पशुधन समृद्धि योजना, मत्स्य सम्पदा योजना र सिक्किममा ग्वाला दिवस मनाइने जस्ता उत्पादन प्रोत्साहनको प्रावधानबारेमा पनि कुराहरू साझा गरे। उनले सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ – गोलेको अवधारणा पनि प्रस्तुत गरे। उक्त भेटमा नेपाल सरकार, कृषि मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायत सिक्किमबाट गएका प्रतिनिधिहरू पनि सामेल थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *