अल्काराजलाई पराजित गरी सिनसिनाटी मास्टर्सको खिताब जिते नोवाक जोकोविचले

IMG-20230821-WA0321.jpg

२१ अगस्तः विश्वको दोस्रो नम्बरका खेलाड़ी सर्बियाका नोवाक जोकोविचले सिनसिनाटी मास्टर्स २०२३-को खिताब जिते। टुर्नामेण्टको फाइनलमा उनले विश्वका नम्बर एक खेलाड़ी स्पेनका कार्लोस अल्काराजलाई ५-७, ७-६, ७-६-ले पराजित गरे। फाइनल म्याच चरम रोमाञ्चक रह्यो अनि पहिलो सेट गुमाएपछि जोकोविचले असाधारण पुनरागमन गर्दै लगातार दुई सेट जितेर खिताब हासिल गरे। यस जीतको साथै जोकोविचले अल्काराजसँग गत महिना विम्बल्डनको फाइनलमा प्राप्त भएको हारको हिसाब पनि चुक्ता गरे। सालको तेस्रो ग्राण्ड स्ल्यामको फाइनलमा अल्काराजले जोकोविचलाई १-६, ७-६, ६-१, ३-६, ६-४-ले पराजित गरी पहिलोपल्ट विम्बल्डन जितेका थिए। विम्बल्डनको फाइनलमा हारेपछि जोकोविच धुरुधुरु रोएका थिए। यसरी नै सिनसिनाटी मास्टर्सको फाइनलमा हारेपछि अल्काराजलाई पनि रोइरहेको देखियो। फाइनलमा जीत हासिल गरेपछि जोकोविचले पहिला अल्काराजसँग हात मिलाए अनि पछिबाट जोशमा आएर आफूले लगाएर टी शर्ट च्याते। जोकोविचको यो ३९औं मास्टर्स खिताब हो। उनी टेनिस इतिहासमा सबैभन्दा अधिक मास्टर्स खिताब जित्ने खेलाड़ी हुन्। उनीपछि दोस्रो स्थानमा स्पेनका रफायल नडाल रहेका छन्, जसले ३६ वटा मास्टर्स खिताब जितेका छन्।

यसबाहेक २८ वटा खिताबको साथ रोजर फेडरर तेस्रो स्थानमा रहेका छन्। यसरी करियरमा सबैभन्दा धेर म्याच जित्ने मामिलामा पनि जोकोविच तेस्रो स्थानमा पुगेका छन्। उनले प्रोफेशनल करियरमा अहिलेसम्म जम्मा १०६९ वटा म्याच जितेका छन्। यस लिस्टमा अमेरिकाका जिम्मी कोनर्स शीर्षमा रहेका छन्। उनले आफ्नो करियरमा जम्मा १२७४ वटा म्याच जितेका थिए। फेडरर १२५१ वटा जीतको साथ दोस्रो स्थानमा रहेका छन्। नडाल र इभान लेण्डल १०६८-१०६८ वटा जीतको साथ संयुक्त रूपले चौथो स्थानमा छन्। गुलेरमो विलास ९५१ वटा जीतको साथ पाँचौं स्थानमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement