दार्जीलिङ: पहाडको राजनीतिमा हाम्रो पार्टी कुनै सत्तामा छैन तर पनि दार्जीलिङ पहाडमा परिबर्तन ल्याउँनु पर्छ भन्ने सोच राखेको छ यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता गोपाल परियारले पोखेको हो। हाम्रो पार्टी घूम जोरबंगला समष्टिको सभा स्थानीय भवनमा सम्पन्न भयो। आयोजित सभामा पार्टीको केन्द्रीय बरिष्ठ कार्यकर्ता गोपाल परियार विशेष रूपमा उपस्थित रहेका थिए। सभालाई सम्बोधन गर्ने क्रममा परियारले अधि भने पहाडको राजनीतिमा हाम्रो पार्टी कुनै सत्तामा छैन तर पनि तपाईहरूले दार्जीलिङ पहाड मा परिवर्तन आउँनु पर्छ भन्ने जो सोच लिएर अधि आउँनु भएको छ यो भन्दा ठूलो र राम्रो मानसिकता शायद अरू हुन सक्दैन तिनले भने। परियारले अधि भने तपाईहरू सवैलाई थाहाँ छ पहाडको राजनीतिमा हाम्रो पार्टी कुनै सत्तामा छैन तर पनि हाम्रो पार्टीमा तपाईहरू सामेल हुनु भएको छ अनि पहाडमा परिवर्तन ल्याउनै पर्छ भन्ने सोच राख्नु भएको छ, यसले स्पष्ट हुन्छ तपाईहरूको मनमा लोभ लालच र स्वर्थपन छैन तपाईहरूको मनमा बस एउटै लक्ष्य छ पहाडमा परिवर्तन आउँछ पर्छ भन्ने। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पहाडमा परिवर्तन ल्याउनु पर्छ भन्ने सोच राखेको छ अनि यौ सोच लिएर उनी अधि आएको हो अनि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको सोचलाई मन पराएर नै तपाईहरू आउँनु भएको हो अनि तपाई हरूको सोचलाई म सलाम गर्छु परियारले भने। हाम्रो पार्टी घूम जोरबंगाल समष्टिको गठन भएको छ अनि निर्वाचित पदाधिकारीहरूको काँधहरूमा जिम्मेवारीहरू आएको छ, तपाईहरूले पार्टीको भिजन र अध्यक्षको सोच लाई जन जनमा पूराउनु पर्छ अनि संगठनलाई अझ दरिलो बनाएर लैजानु पर्छ भन्ने परियारले आहवान गरयो। भागोप्रमो अध्यक्ष अनित थापाको नाम नलिइकन हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता गोपाल परियारले अधि भने गत कोरोना संक्रमणकालमा चिया श्रमिकहरूको नाम गरेर जीटीए चेयरम्यान रिलिफ फ्रण्ड संग्रह गरेको थियो,जीटीए चेयरम्यानले संग्रह भएको २ करोड भन्दा अधि रूपियाँमा त्यति नै थापेर श्रमिकहरू वीच वितरण गर्ने वाचाहरू गरेको थियो तर आज त्यसको कुनै काम समेत गर्न रूचाउँदैन भन्ने तिनले बताए। आज फेरि पाँच डेसिमल पटटाको कुरा गरेर चिया श्रमिकहरूलाई अर्को भडखालामा हाल्ने प्रयास गर्दैछ भन्ने परियारले आरोप लगाए।










