रातको अन्धकारमा टेबल चौकी बाँटेर समाजलाई समेत राजनीतिकरण गरी सकेको छ: दीपू थापा

IMG-20230821-WA0271.jpg

दार्जीलिङ: समाजलाई समेत राजनीतिकरण गर्ने कार्य भई सकेको छ यो मन्तव्य हाम्रो पार्टी केन्द्रीय कमिटि सदस्य दीपू थापाले पोखेको हो। घूम जोरबंगला समष्टिमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभामा समष्टिको विभिन्न क्षेत्रहरूबाट पार्टी कार्यकर्ताहरू एंव समर्थकहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी केन्द्रीय कमिटि सदस्य दीपू थापाले स्पष्ट शब्दमा भने रूपियाँ पैसाको बलमा राजनीति गर्नेहरूले सब्जी भन्दा सस्तो नेतृत्वहरू बनाई दिएको छ भन्ने बताए। तिनले अघि भने गत केही महिना अघि सम्पन्न भएको पंचायत चूनावको क्रममा ऋषिहाट ब्लूमफिल्ड समष्टिको एउटा गाउँमा चूनाव जित्नलाई रातको अध्यारोमा एउटा समाजलाई टेबल चौकीहरू पूर्याउने कार्य गरिएको थियो। ती पार्टीको नेतृत्वहरूले समाजको कार्यकर्ताहरूलाई समाजको निम्ति भन्दै टेबल चौकीहरू सुम्पिन्दै गरेको दृश्यहरू समाजिक संजालहरूमा भाइरल भएका थिए थापाले भने। तिनले अघि भने यदि समाजको हित नै सोच्छ भने र समाजको हितमा काम गर्छु भन्ने दावी गर्छ भने रातको अन्धकारमा टेबल चौकी दिने किन जरूरत पर्यो। दिनको उज्यालोमा पनि दिनु सकिन्छ,चूनावको मतदान पछि पनि दिनु सकिन्छ तर मतदानको एक दुई दिन त्यो पनि रातको अन्धकारमा टेबल चौकी सुम्पिनु समाजलाई पनि राजनीतिकरण गरिनु हो थापाले भने। तिनले अघि भने पहाडमा स्वच्छ राजनीति परिवेश ल्याउन आज हामीले घूम जोरबंगला समष्टिमा सभाको आयोजना गरेका थियौ अनि हामीले सभामा निम्ताएका सवै महानुभावहरू उपस्थित भई दिनु भएको छ,तपाईहरूको उपस्थितिले हामीलाई स्वच्छ राजनीति परिवेश ल्याउने दिशाको कार्यलाई थप उर्जा प्राप्त भएको छ। हामीले हरेक समष्टिहरूमा हाम्रो भिजन लानु सक्ने रहेछौ भन्ने हामीभित्र विश्वास जागेर आएको छ।हामीले छोटो बाटोको खोजी गर्दा गर्दा आज हाम्रो स्थिति यस्तो भएको हो, काम केही छैन, खाली मुख मात्र चलाउँछौ, पैसा देख्यो की खतम भई हाल्यो, हामीले हामीलाई गोर्खा वीर भन्छौ तर आजको दिनमा गोर्खाको कुनै हैसत छैन थापाले भने।कुनै पनि क्षेत्रमा इमान्दारिता भन्ने हुन्छ तर अहिले पहाडको राजनीतिमा इमान्दारिता भन्ने समेत नरहेको बताउँदै थापाले एउटा पार्टीको ब्यार्नरमा चूनाव जितेर आफ्नो नीति स्वर्थको निम्ति अर्को पार्टीसंग टाँसिएको देखिन्छ। हाम्रो समाजले एवं तपाई हामीले यस्तो स्वार्थीहरूलाई अलगै राखेर जाति र समाजको हितमा सोच्ने ब्यक्तिहरूलाई अधि ल्याउनु सक्नु पर्छ भन्ने उपस्थित भीडलाई आहवान गरयो। तिनले अधि भने हामीले राजनीतिमा पाइला टेक्न अधि पनि हाम्रो विचारहरू बाँटेर चूनावमा जीत हासिल गरेकै हो।बोर्डमा हाम्रो क्षेत्रको समस्याहरू राख्ने हामीसंग एउटा भए पनि सदस्य छन। घूम जोरबंगला क्षेत्रमा मुद्वा एंव समस्याहरूको कुरा गर्ने हो भने थुप्रै छ।आज भन्दा आठ बर्ष अधि निर्माण गरिएको स्वास्थ्य केन्द्रको अवस्था तपाई हामी सवैको आखाँ अधि स्पष्ट छ थापाले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement