गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले याक्थुङ स्टार सीजन १ की फाइनललिस्ट पोकलोक कामराङ दोङ निवासी अञ्जना नाल्बोसँग उनको सरकारी आवासमा भेट गरे। मुख्यमन्त्री तामाङले भेट अवधि उनलाई फाइनलसम्म पुग्न सफल बनेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण राज्यवासीको तर्फबाट बधाई दिएका छन्।
उनले आफ्नो गायन कलाबाट धेरै जनाको मन जित्न सफल बनुन् भन्ने पनि कामना गरेका छन्। यसका साथै आगामी २६ अगस्तसम्म उनलाई सबै राज्यवासीले भोट गर्ने पनि अपील गरेका छन्। ज्ञात रहोस्, याक्थुङ स्टार सीजन १ को फाइनल आगामी २७ अगस्तको दिन सम्पन्न हुनेछ। फाइनलको प्रसारण हिमशिखर टेलीभिजन मार्फत प्रसारण हुनेछ।










