स्वास्थ्य जीवनशैली सबै भन्दा ठूलो धन होः मुख्यमन्त्री तामाङ

champ._925

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको मिशन फिट र ड्रग फ्री सिक्किमलाई समर्थन गर्दै उनकै निर्देशनमा राजधानीस्थित मनन केन्द्रमा मेगा इभेन्ट एसबी क्लासिक ओपन बडी बिल्डिङ र फिटनेस च्याम्पियनसिप आयोजना गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए।

वर्ल्ड फीटनेश फेडरेशनद्वारा आयोजित कार्यक्रममा यूथ आइकन सञ्जय बुढाथोकीले स्वागत मन्तव्य राखे भने विभित्र रंगारंग सांस्कृतिक कार्यक्रमको साथमा प्रतियोगिता सम्पन्न भयो। यस प्रतियोगितामा विभिन्न वर्गमा सिक्किम लगायत विभिन्न राज्यबाट आएका प्रतियोगीहरुले सहभागिता जनाएका थिए। उत्तर प्रदेशका असीफ अलीले ओभरअल बडी बिल्डिङ च्याम्पियनशीप जिते भने उनलाई १ लाख रुपियाँको नगद राशी अनि ट्रफी प्रदान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले स्वास्थ्य अनि स्वस्थ जीवनशैली सबैको निम्ति ठूलो धन रहेको बताए। उनले राज्य बाहिरबाट आएका प्रतियोगीहरूलाई सम्पूर्ण सिक्किमको तर्फबाट बधाई अनि शुभकामना व्यक्त गरे। यसका साथै मुख्यमन्त्री तामाङले आयोजक समितिलाई १० लाख रुपियाँ सहयोग राशि प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement