मुख्यमन्त्रीले दिए नागपञ्चमीको शुभकामना

IMG-20230819-WA0318.jpg

गान्तोकः नागपञ्चमीको पावन अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्पूर्ण राज्यवासीलाई शुभकामना दिएका छन्। भगवान नागले शिवजीअघि नतमस्तक भई राज्यवासीको नित्य सुरक्षा गर्दै जीवनबाट सबै रोगव्याध, बाधा-अड्चनहरू पन्छाई दिउन् भनी मुख्यमन्त्री तामाङले प्रार्थना गरेका छन्।

यो अवसरमा उनले सम्पूर्ण राज्यवासीप्रति शीवजीको आशिर्वाद बनिरहुन् साथै सबै प्रकारका जोखिमहरूबाट रक्षा गरून् अनि सबैमा उनको नित्य अनुग्रह राखी सबैको जीवनमा सुख, शान्ति, समृद्धि अनि सन्तुलन प्रदान गरिदिउन भनि आन्तरिक हृदयबाट कामना गरेका छन्।

ज्ञात रहोस्, पौराणिक कथामा आधारित, श्रावणको पञ्चमीका दिन नागको पूजा गर्ने संस्कार आजपर्यन्त यथावत छ भने यसबाट विभिन्न रोगहरुको निवारण हुने साथै सर्पले पनि नडस्ने तथ्यहरुको उल्लेख गरिएको शास्त्रमा पाइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement