बागडोग्रा फूटबल क्लब विजयी

IMG-20230821-WA0312.jpg

२१ अगस्तः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बागडोग्रा एफसी-ले सजिलै प्री-क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा सोमवार भएको म्याचमा बागडोग्रा एफसी-ले खोप्रेल रियल स्टेटलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मौसमले २ अनि साहिल मल्लिकले १ गोल गरे। मौसमलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। मंगलवार खेलिने म्याचमा एमबीआरसी र भेलाकूपबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *