दार्जीलिङ: सन् २००८ को आन्दोलनमा असहयोग आन्दोलन भन्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले फरमान जारी गरेर बिजुलीको बिल तिर्न रोक लगाएको थियोl सन् २०११ मा आन्दोलन सकेपछि उक्त बाँकी रहेको बिलको रकम फाइनसहित खाप एकमुष्ठमा आउँदा तिर्न गाह्रो परेको थियोl यसले गर्दा मानिसहरूले विभिन्न किसमका समस्याहरू झेल्न परेको थियोl पश्चिम बंगाल सरकारले गत वर्ष महिना अघि यसमा छुट दिएपछि धेरैले तिर्न सकेl यसको लागि जीटीएबाट पनि राज्य सरकार समक्ष पहल गरिएको थियोl अत्याधिक रकम भएको हुनाले धेरैले अझ पनि तिर्नसकेका छैनन्l
आन्दोलनको समय हामी धेरै बिजुलीको उपभोक्ताहरुले बिजुलीको बिल भुक्तान गरेका थिएनौं। आज त्यो नतिरेको बिजुलीको बिल थप जरिमाना (एलपिएससी) लागेर तिर्नु नै नसक्ने स्थितिमा पुगेको छ। यसबारेमा पनि जीटीएका मुख्य कार्यपाल अनित थापाले राज्य सरकार समक्ष पहल गरेका छन्l उनले जारी गरेको प्रेस विज्ञप्तिमा यसरी उल्लेख गरेका छन्, ‘गत वर्ष सरकारले घरेलु उपभोक्ताहरुलाई छुट दिएर धेरै राहत दिएको थियो। व्यावसायिक उपभोक्ताहरुले पनि यो लाभ पाउनु पर्छ भन्ने हाम्रो टेक थियो। मैले यस विषयलाई पनि सम्बन्धित मन्त्री सामु उठाएको थिएँ। आज दुवै घरेलु अनि व्यवसायिक उपभोक्ताहरुक निम्ति सरकारले पुनः एकपल्ट छुटको माफी योजना सार्वजनिक गरेको छ। उपभोक्ताहरुले यस योजनाको लाभ अवश्य उठाउने छन्l’
विज्ञप्तिमा बताइएअनुसार पश्चिम बंगाल राज्य विद्युत वितरण कम्पनी लिमिटेड (डब्ल्युबीएसईडीसीएल)ले मानक परिचालन प्रक्रिया (एसओपी) सार्वजनिक गरेको छ, जुन १-१६ सेप्टेम्बर २०२३ सम्म परिचालन हुने ‘दैलोमा सरकार शिविरहरू’मा लागु हुनेछ। ३१/१२/१८ सम्मको तिर्नु नसकेको बिजुलीको बिल यदि उपभोक्ताले तिर्नु चाहे उपभोक्तालाई ५०% छुट दिइनेछ। यदि उपभोक्ताले आउँदो १-१६ सेप्टेम्बर २०२३ सम्म परिचालन हुने दैलोमा सरकार शिविरमा बिजुली भुक्तान गरे:
१. बिल रकममा ५०% छुट दिइनेछ। उदाहरण: यदि नतिरेको बिजुलीको रकम १० हजार छ भने (जरिमाना, एलपिएससी बाहेक) उपभोक्ताले ५ हजार मात्र तिर्नुपर्नेछ।
२. एलपीएससी अथवा समयमा बिल नतिरेको खण्डमा लाग्ने जरिमाना: १००% छुट। उदाहरण: बिजुलीको नतिरेको बिल १० हजार, एलपीएससी ५ हजार छ भने (जम्मा १५ हजार) उपभोक्ताले एकैपल्टमा ५ हजार बिलको रकम बुझाए रहल पैसा माफ गरिनेछ। अर्थात् उपभोक्ताले एकै पल्टमा बिल तिरे १० हजार माफ अर्थात् बिलमा ५०% अनि एलपीएससी १००% माफ हुनेछ।
३. यो सुविधा अनि लाभ आउँदो १-१६ सेप्टेम्बर २०२३ सम्म चल्ने दैलोमा सरकार शिविरमा उपभोग गर्न सकिनेछ।
कसले उपभोग गर्नसक्छन् यो एक पटक माफी योजना?
१. बिजुलीको बिल नतिरेको कारण विच्छेद भएका घरेलु तथा व्यावसायिक उपभोक्ताहरु।
२. लामो समयदेखि विद्युत् महसुल तिर्न नसक्ने घरेलु तथा व्यावसायिक उपभोक्ताहरू।
३. शैलो ट्यूब वेल (एसटीडब्ल्यु) गहिरो ट्यूब वेल (डीटीडब्ल्यु), नदी लिफ्ट सिंचाई (आरएलआई) व्यक्तिगत वा लाभार्थी/किसान द्वारा संचालित विद्युत् बिल नतिरेको कारण यसअघि नै विच्छेद भइसकेको समितिl
४. शैलो ट्युब वेल (एसटीडब्ल्यु), गहिरो ट्युब वेल (डीटीडब्ल्यु), रिभर लिफ्ट इरिगेशन (आरएलआई) व्यक्तिगत वा लाभार्थी/किसान समितिद्वारा सञ्चालित जसले बिजुलीको बिल तिर्न असमर्थ छन्।










