हाम्रो पार्टी घूम जोरबंगलो समष्टिको सभा सम्पन्न : सुरज तामाङ पुनः समष्टि अध्यक्ष चयन

IMG-20230821-WA0311.jpg

दार्जीलिङ: हाम्रो पार्टी घूम जोरबंगलो समष्टिको पुनर्गठन भएको छ। स्थानीय भवनमा हाम्रो पार्टी घूम जोरबंगलो समष्टिको सभा सम्पन्न भयो। सभामा पार्टी कार्यकर्ता एंव समर्थकहरूले सुरज तामाङलाई नै पुनः समष्टि अध्यक्ष चयन गरेको छ। त्यसरी नै उपाध्यक्षमा विशाल राई, प्रवीन राई, अर्पण तामाङ, महासचिवमा दिपेन ठकुरी, सह सचिव विनय राई, प्रशान्त राई, निहाल थापा चयन गरिएको छ। त्यसरी नै प्रमुख सल्लाकारहरूमा कमला भोटिया, भगवती सुब्बा, पासाङ शेर्पा, ममता थापा, बविता याल्मो, प्रेमिला ठटाल, सुष्मा थापा, सहयोग राई, निमा शेर्पा, मनोहर याल्मो, सूरज राई, अनिस राई, जेबी राई, कोषाध्यक्ष योगी राई, राजीप छेत्री, समीर तामाङ रहेका छन।

समष्टि प्रवक्ता संजय सुब्बा अनि सुरज खाती, सांगठनिक सचिव जेम्स खाती रहेका छन्। त्यसरी नै घूम जोरबंगलो नारी शक्ति समूहबाट संयोजकहरू सुशान्ती तामाङ, समिना लामा, कमला याल्मो, प्रनिशा तामाङ, पेमा भोटियालाई चयन गरिएको छ। सभामा पार्टी केन्द्रीय कमिटीको पक्षबाट गोपाल परियार, फिन्जो वाङ्गेल गुरूङ, रजत प्रधान, रेजिना तामाङ, दिपु थापा आदि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement