खरसाङ: खरसाङ कलेजको एनसीसी क्याडेट्स युनिटको नेतृत्वमा मणिपुरको लागि राहत सामग्री संकलन गरेर लगिएको जानकारी प्राप्त भएको छ। यस क्रममा माउन्ट कार्मेल, सेन्ट अल्फन्सेस, हिमाली बोर्डिङ स्कूल जस्ता विद्यालयहरूले राहत सामग्रीको साथ सहयोग गरेका थिए। राहत सामग्रीमा लत्ताकपडा, सेनेटरी प्याड, स्वास्थ्य सामाग्रीहरू र अन्य आवश्यक सामाग्रीहरू रहेको थियो। खरसाङ कलेजको एनसीसी क्याडेटहरूले सामग्रीहरू क्रमबद्ध रूपमा प्याक र मणिपुर पुर्याएका थिए। राहत सामाग्रीहरू लिएर जानेहरूले बताए अनुसार सडक अवरुद्धका कारण हामीले सवारी साधनलाई एस्कर्टिङ गरेर यातायातको समय तालिका तय गर्नुपरेको थियो भनी बताएका छन्। अन्ततः घटनास्थल पुगेको र राहत सामाग्रीहरू वितरण गरिएको बताएका छन्। यस क्रममा खरसाङ कलेजका चिमले इम्फाल मणिपुरको महिला संगठनसँग सहकार्य गरिएको थियो। खरसाम कलेजले इम्फालको सागोलबन्द मेनो लिराक वुमेन्स संगठनसित सहकार्य गरेर राहत सामाग्रीहरू वितरण गरिएको जानकारी प्राप्त भएको छ। यस क्रममा चारवटा राहत शिविरहरूमा खाद्यान्न र अन्य आवश्यक सामग्रीसहित राहत सामग्रीहरू वितरण गरिएको थियो।










