तीनधारेमा गोरामुमो तीनधारे सुकना समष्टीको सभा सम्पन्न

IMG-20230821-WA0294.jpg

खरसाङ: गोरामुमो तीनधारे सुकना समष्टीको सभा तीनधारेमा सम्पन्न भएको छ। तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठनको भवनमा तीनधारे – सुकना समष्टि गोरामुमोको सभा समष्टि अध्यक्ष जेबी गुरूङको अध्यक्षतामा संम्पन्न भएको छ। सभालाई समष्टिको मूल सचिव प्रमोद थापाले आफ्नो स्वागत वक्तव्यमा हालैमा सम्पन्न पञ्चायत चुनावबारे चर्चा – परिचर्चा गरेका थिए। उनले यस चुनावमा पार्टीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रार्थी खडा गरेर पहाडमा गोरामुमोको दह्रिलो उपस्थिति रहेको प्रमाणित गरेको छ र आउँदो दिनहरूमा पार्टीलाई सुदृढ बनाउँदै पार्टी अध्यक्ष मन घिसिङको हात बलियो बनाउने आह्वान् सभामा गरेका छन्। सभामा गत पञ्चायत चुनावमा पार्टीलाई प्रतिनिधित्व गर्दै चुनाव लड्ने पार्टीको प्रार्थीहरूलाई समष्टि अध्यक्ष जेबी गुरूङले खदा – माला लगाई सम्मानित गरेका थिए। सभालाई सभाध्यक्ष जेबी गुरूङले आफ्नो सम्बोधनमा पार्टीको आगामी कार्यक्रमहरुबारे चर्चा गर्दै २२ अगस्तको दिन कालेबुङमा दागोपापको एकड डे मनाउने तय गरिएको छ। यो दिन एक एेतिहासिक दिन हो अनि यो एकडले संवैधानिक व्यवस्था दागोपापको जन्म गराएको हो जुन व्यवस्थाले हाम्रो देशमा हामीलाई भारतीय हो भन्ने परिचय प्रदान गर्दछ भनी बताए। उनले आगामी २३ अगस्तको दिन खरसाङमा नागरिकता दिवस पालन गर्ने तय गरिएको छ र यो दिन भारत सरकारले भारतीय गोर्खाहरुको नागरिकतामाथि रहेको भूल बुझिबुझि संसोधन गर्दै एउटा राजपत्र घोषणा गरेका दिन हो भनी बताएका छन्। उनले यी दिनहरू पहाडको निम्ति गोरामुमोको अनमोल उपहार हो।यो दिनहरूको सम्झना गर्दै हाम्रो परम कर्तव्य ठहर्छ। हामी हाम्रो ऐतिहासिक दिन अनि हाम्रो ऐतिहासिक उपज फर्काई ल्याउनु कटिबद्ध छौं भनी बताएका छन्। उनले त्यसरी नै दिनांक ३१ अगस्तको दिन दार्जिलिङमा हामी गोर्खा जातिको एक महत्वपूर्ण पर्व भदौरे गुरू पूर्णिमा एक उत्सवको रूपमा मनाइने तय गरिएको छ भनी बताइएको छ। यो दिन गुरूलाई सम्मान गर्ने दिन हो। हामी खाँटी जनजाति हौं, हाम्रो संस्कार संस्कृतिमा जनजातिपन झल्किन्छ, हाम्रो खान पान हाम्रो पहिरन हाम्रो जीवन जिउने तरिका आदि सबै मा जनजाति को पहिचान पाउँछौं। यसैको प्रदर्शन हामी बिभिन्न माध्यम।बाट त्यस दिन प्रदर्शित गर्नेछौं। हामी सम्पूर्ण गोर्खा जाति भारतको संविधानको छैटौं अनुसूचीको योग्य ठहर्छ भन्ने सन्देश भारत सरकारलाई दिन चाहन्छौं।यी सबै कार्यक्रमलाई सफल तुल्याउन कार्यकर्ता अनि पार्टीका समर्थक, जातीको शुभचिन्तक सबै सबैलाई उक्त कार्यक्रममा सहभागी हुन आह्वान् गर्दै सभालाई बर्खास्त गरेका थिए। सभालाई एचपीडब्लुयुका केन्द्रीय समिति सदस्य ए के देवानले पनि सम्बोधन गरेका थिए। सभामा गोराभूपू सैनिक संगठन का केन्द्रीय अध्यक्ष साथै समष्टिका विभिन्न शाखाको प्रतिनिधिहरूका उपस्थिति रहेको थियो भनी प्रचार प्रसार सचिव पूर्ण गुरुङले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement