तीनधारेमा नेपाली भाषा मान्यता दिवस पालन

IMG-20230821-WA0288.jpg

खरसाङ: साहित्य कला संस्थान तीनधारेको अयोजनामा ३१औं नेपाली भाषा मान्यता दिवस पालन गरिएको छ। उक्त कार्यक्रम तीनधारेको शंकरनिवासस्थित ब्रम्ह्र मन्दिर प्राथमिक पाठशालामा साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईलीको अध्यक्षता र भाषा संग्रामी लोकबहादुर छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित रहेका थिए।

कार्यक्रमलाई गीतकार सुकुमार बराईलीले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण संस्थाको सचिव सन्तोष लामाले राखेका थिए भने स्वागत गीत अमीर लामाले प्रस्तुत गरेका थिए। कार्यक्रममा भाषा आन्दोलनमा तीनधारे क्षेत्रबाट योगदान दिने विशिष्ट व्यक्तिहरू विषयमा पूर्ण मास्केले आफ्नो वक्तव्यमा विस्तृत रूपमा जानकारी गराएका थिए। कार्यक्रममा बरूण रसाईलीद्वारा अनि छेवाङ छेत्रीद्वारा कविता साथै गीतकार सुकुमार बराईलीद्वारा गीत पठन गरेका थिए भने स्नेह बरदेवाद्वारा गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली भाषाले मान्यता पाएपछि पनि हामीले नेपाली भाषाको प्रयोग नगरिएको विषयमा सुप्रेम छेत्रीले वार्ता प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि भाषा संग्रामी लोकबहादुर छेत्री र विशिष्ट अतिथि सभासद नवराज छेत्रीले वक्तव्य राखेका थिए। कार्यक्रममा सभाध्यक्ष रञ्जनकुमार रसाईलीले आफ्नो अध्यक्षीय सम्भाषणमा सबैलाई धन्यवाद दिएका थिए।

About Author

Advertisement