खरसाङ: युवा विद्यार्थीहरुको संस्था ईभान फाउन्डेसनले पनि ३२औं भाषा मान्यता दिवस पालन गरेको छ। ईभान फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा खरसाङका विभिन्न स्कूलका नेपाली भाषा शिक्षक- शिक्षिकाहरू, खरसाङकार युवा साहित्यकार तथा विधार्थीहरु उपस्थित रहेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली भाषामा निरन्तर योगदान पुर्याउने शिक्षक शिक्षिकाहरूलाई सम्मान तथा युवा पिँढीलाई भाषा मान्यता विषय जानकारी दिनु रहेको बताइएको थियो। उक्त कार्यक्रमको अध्यक्षता सारित्यकार सम्भु राईले गरेका थिए भने कार्यक्रमको सञ्चालन ईभान फाउन्डेसनका अध्यक्ष प्रशान्त शर्माले गरेका थिए। कार्यक्रममा भाषा विषयमा चर्चा पनि गरिएको थियो।

कार्यक्रममा रामकृष्ण स्कूल, सन्त अल्फल्सेस स्कूल, आदर्श स्कूल तथा ग्लेनहिल पब्लिक स्कूल अनि गुडविन मोडन स्कूलका शिक्षकहरूसंगै विद्यार्थीहरु अनि द कडबाट पंकज शास्त्री पनि उपस्थित रहेका थिए। कार्यक्रम विषयमा शम्भु राई र अन्यले विस्तृत रूपमा जानकारी गराएका छन्।










