लोअर क्योङ्गसामा ५० फिट तल झऱ्यो वाहन, एकजनाको घटनास्थलमै मृत्यु, ८ घाइते

GA.jpg

गान्तोकः गेजिङदेखि गान्तोक आइरहेको एउटा वाहन सडकबाट लगभग ५० फिट तल झर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्। सोमवार बिहान एउटा बोलेरो गेजिङबाट गान्तोक आइरहेको समय ७ माइलस्थित लोअर क्योङ्गसामा उक्त दुर्घटना भएको बताइएको छ। मृतकलाई अञ्जु लेप्चाको रूपमा चिन्हित गरिएको छ।

जानकारी अनुसार, घाइते ८ जनालाई उद्धार गरेर गेजिङ जिल्ला अस्पतालमा पुऱ्याइएको थियो। तर, एकजनाको अवस्था गम्भीर रहेकाले तिनलाई गान्तोक अस्पातल रेफर गरिएको थाहा लागेको छ। दुर्घटनाको वास्तविक कारण अहिले नै स्पष्ट हुन सकेको छैन। यद्यपि लिसाइलो माटोको कारण सडक धस्किएकोले उक्त दुर्घटना भएको हुनसक्ने अनुमान लगाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement