कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको मृत्यु मामिलामा पुलिसले दिनहुँ नयाँ-नयाँ जानकारी पाइऱहेछ। अब थाहा लागेको छ, छात्रलाई जब निर्वस्त्र गरी घुमाइयो र चौथो तलाबाट तल झरेर रगतमा लतपत स्थितिमा जीवन-मृत्युबीच अल्झिरहेको थियो तब उसलाई अस्पताल पुऱ्याउनको साटो ऱ्यागिङका आरोपित छात्रहरूले उसलाई त्यही स्थितिमा छोड़ेर जनरल ब़डीको मीटिङ बोलाए र पुलिसलाई के भन्नुछ यसबारे रणनीति बनाउन थाले। यस मामिलामा पक्रा परेको पूर्व छात्र सौरभ चौधरी सहित १२ छात्र र अन्यले मिलेर पुलिसलाई आफ्नो बयानमा के भन्नुछ, यसबारे रणनीति बनाए।
कोलकाता पुलिस आयुक्त विनीत गोयलले स्वयं यस मामिलामा पक्रा परेको पूर्व छात्र सौरभ चौधरीसित सोधपुछ गरेका थिए। तबदेखि लगातार अन्य पक्रा परेका छात्रहरूसित सोधपुछ भइरहेछ। जाँचमा सामेल एक पुलिस अधिकारीले भने, यस मामिलामा एक पूर्व छात्रको नाम उजागर भएको छ, जसको नाम जयदीप घोष हो। ०९ अगस्तको रातमा ११.४५ बजी उसको फोनमा विश्वविद्यालय होस्टलबाट फोन गरिएको थियो र स्वप्नदीप छप्परबाट झरेको जानकारी दिइएको थियो। त्यसपछि भाग्दै छात्र होस्टल भित्र पुग्यो र दरबानलाई तबसम्म गेट बन्द राख्ने, पुलिस पनि भित्र आउन नसक्ने निर्देश दियो जबसम्म उनीहरूले दरबानलाई गेट खोल्न भन्दैनन्। त्यसपछि जनरल ब़डीको मीटिङ भयो र तब गएर छात्रलाई अस्पताल पुऱ्याइयो। जब छात्रको साथ ऱ्यागिङ भइरहेको थियो तब मामिला ठूलो हुनेछ भनेर अन्दाजा लगाइएको थियो। यसैले तुरन्तै जनरल बडीको मीटिङ बोलाइएको थियो। यसैले छात्र चौथो तलाबाट झरेर छटपटिरहेको थियो तर ऱ्यागिङ गर्नेहरू बैठक गरी पुलिसलाई के बयान दिनेबारे रणनीति बनाइरहे।
-हिस









