ओजोन तहमा ठूलो प्वाल भेटियो, छालाको क्यान्सर, मोतिबिन्दुको जोखिम !

प्रातिकात्मक तस्वीर

पृथ्वीको ओजोन तहमा नयाँ प्वाल फेला परेको वैज्ञानिकहरूले दावी गरेका छन्, जसले ग्रहको झण्डै आधा जनसंख्यालाई छालाको क्यान्सर र अन्य रोगहरू निम्त्याउने खतरा छ। यस नयाँ खोजको बारेमा जर्नल एआईपी एडभान्समा जानकारी दिइएको छ। नयाँ प्वाल अन्टार्कटिकामा पाइने ९० लाख वर्ग माइलको प्वालभन्दा सात गुणा ठूलो रहेको खोजले बताएको छ। ओजोन तहको नयाँ प्वाल उष्ण कटिबन्धभन्दा माथि रहेको बताइएको छ।‘ओजोन तहले पृथ्वीको लागि सुरक्षा कवचको रूपमा काम गर्दछ। यो पृथ्वीबाट लगभग २४ किलोमिटर माथि अवस्थित छ र हामीलाई छालाको क्यान्सर निम्त्याउने अल्ट्रा-वायलेट किरणहरूबाट बचाउँछ। यदि नयाँ प्वालको बारेमा गरिएको दाबी पुष्टि भयो भने यसले छालाको क्यान्सर र मोतीबिन्दुसहित अरबौं मानिसहरूलाई जोखिममा पार्नेछl। उष्ण कटिबन्धले ग्रहको आधा क्षेत्र ओगटेको छ, जुन विश्वको आधा जनसंख्याको घर हो,’ वाटरलू विश्वविद्यालयका वैज्ञानिक किंग-बिन लुले भने। ‘उष्णकटिबंधीय ओजोन प्वालको उपस्थिति गम्भीर विश्वव्यापी चिन्ताको कारण हुनसक्छ,’ उनले भने। ओजोन तहको कमीले पृथ्वीमा पराबैंगनी विकिरण बढाउन सक्छ, जसले मानिसमा छालाको क्यान्सर र मोतिबिन्दुको जोखिम बढाउन सक्छ। यसले मानिसको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ, कृषि उत्पादकता घटाउन सक्छ र कमजोर जलीय जीवहरू र पारिस्थितिकी प्रणालीहरूलाई नकारात्मक असर पार्न सक्छ।

वैज्ञानिक लुले भने, ‘हालको खोजलाई ओजोन कमी, पराबैंगनी विकिरणमा हुने परिवर्तन, छालाको क्यान्सरको बढ्दो जोखिम र स्वास्थ्य र इकोसिस्टममा हुने अन्य नकारात्मक असरबारे धेरै गहिरो अध्ययन आवश्यक छl’ यो प्वाल सन् १९८० देखि अस्तित्वमा रहेको विश्वास गरिन्छ, जुन अहिले पहिचान गरिएको छ। जर्नलमा प्रकाशित भए पनि धेरै वैज्ञानिकहरूले यी दावीहरूलाई खारेज गरेका छन्। डा. पल यंगले भने, ‘उष्णकटिबंधीय ओजोन प्वाल जस्तो कुनै चीज छैनl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *