हरिणको सिङसहित एकजना पक्राउ

IMG_20220707_223206.jpg

खोरीबारी: आज एकजना व्यक्तिलाई घोषपुकुर वन विभागले हरिणको सिङसहित पक्राउ गरेको छ। तस्करी गर्न अगावै वन विभागले बिहार निवासी सन्तोष रायलाई गोप्य सुत्रको आधारमा पक्राउ गरेको छ। खोरीबारी बजारमा गोप्य सूत्रको आधारमा एक अभियान चलाएर हरिणको सिंङसहित तस्करी गर्न अगावै पक्राउ गरियो। घोषपुकुर वन विभागका रेन्जर सोनाम भुटियाले बताएनुसार २ लाख रुपियाँ बराबरको हरिणको सिङ मालबजारबाट बिहारमा तस्करीको योजना रहेको थियो तर वन विभागले समयमा नै पक्राउ गर्न सफल भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement