कालचिनीः राजाभात स्पोर्टिङ क्लब अनि फूटबल एकोडेमीको आयोजनामा आइतबारदेखि गूडविल कप-२०२३ नकआउट फूटबल टूर्नामेन्टको शुरुवात भएको जानकारी राजाभात फूटबल एकाडेमीको सचिव किरण लामाले दिएका छन्।आइतबार उक्त फूटबल टूर्नामेन्टको शुरुवात अघि गारोपाड़ा अञ्चल तृणमूल सभापति घुरन महली र गारोपाड़ा ग्राम पञ्चायतका नवनिर्वाचित प्रधान कमला महलीको राजाभात मैदान संलग्न स्थलमा ओपन स्टेज र हाइमास्ट लाइटको उद्घाटन गरिएको थियो।
उक्त अवसरमा मुख्य अतिथिको रुपमा बून इङ्गलिस स्कूलको चेयरम्यान तथा निर्देशक पवन कुमार सिंह झाँ र शंकर नेपाली उच्च माध्यमिक विद्यालयको भुतपुर्व प्रधानाध्यापक अनिल कुमार प्रधानको उपस्थिति रहेको थियो।

शुरुवाती म्याच केएफसी सिलगढ़ी बनाम रेडबुल एफसी खोवारडाङ्गाबीच सम्पन्न भएको थियो। रोमान्चित म्याचमा दुवै बराबर भएपछि टाई ब्रेकमा अन्ततः रेडबुल एफसी खोवारडाङ्गाले केएफसी सिलगढ़ीलाई ४-३ गोलको अन्तरमा पराजित गरेको थियो।
रेडबुल एफसीको खेलाड़ी नवदीप नार्जीनारीलाई मेन अफ दि म्याच घोषणा गरिएको थियो भने सोमबार गोरुबथान एफसी बनाम ग्लोबल क्लब असमबीच खेल सम्पन्न हुने किरण लामाले जनाएका छन्।









