सिलगढी: केन्द्रीय राज्यमन्त्री शान्तनु ठाकुर उत्तर बंगालको भ्रमणमा सोमबार सिलगढी पुगेका छन्। उनी कोलकाताबाट हवाई मार्गबाट बागडोग्रा एयरपोर्ट पुगेका थिए। त्यहाँ पत्रकारका केही प्रश्नको जवाफ दिएपछि उनी सिधै जलपाइगढी जिल्लाको धुपगढी विधानसभा उपचुनावको प्रचारका लागि प्रस्थान गरेका थिए। पत्रकारको प्रश्नको जवाफमा उनले उत्तर बंगालमा भाजपाले राम्रो नतिजा आएको बताए।
उनी धुपगढी जित्नेमा शतप्रतिशत आशावादी छन्। चुनावी प्रचारका साथसाथै उनले उत्तर बङ्गालका मतुआ समुदायसँग भेटघाट गर्नेछन्। जादवपुर विश्वविद्यालयमा विद्यार्थी मृत्युलगायतका धेरै विषयमा राज्य सरकारको कडा आलोचना गर्दै उनले यो सरकार परिवर्तनको माग गरे।









