कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) एक पल्ट फेरि सक्रिय भएको छ। सोमवार केन्द्रिय एजेन्सीका अधिकारीहरूले कोलकाताको दक्षिण क्षेत्र सहित अन्य धेरै ठाउँ छापा मारेको छ। दक्षिण कोलकाताको न्यू अलीपुर स्थित पोश क्षेत्रमा एक निजी कम्पनीको अफिसमा केन्द्रिय एजेन्सीका अधिकारीहरूले तलाशी अभियान चलाएका छन्।
केन्द्रिय एजेन्सीका सूत्रहरू अनुसार, मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीका सहयोगी रहिसकेका सुजय कृष्ण भद्र उर्फ कालीघाटका काकूका ज्वाइको ठेगानाहरूमा छापा मारिएको छ। काकू अहिले केन्द्रिय एजेन्सीहरूको हिरासतमा प्रेसीडेन्सी सेन्ट्रल जेलमा बन्द छन्। दक्षिण कोलकाताको ली रोडमा काकूका ज्वाइको फ्ल्याट छ, जहाँ केन्द्रिय एजेन्सीका अधिकारीहरूले तलाशी अभियान चलाइरहेका छन्। यसमा धन शोधनका प्रावधानहरू अन्तर्गत छानबीन भइऱहेछ। केही महत्वपूर्ण दस्तावेजहरू पनि उद्धार गरिएको छ।
-हिस









