सिलगढी: आज सिलगढीका विधायक शंकर घोषको विधायक कोषबाट श्रीगुरु विद्यामन्दिरको छेउमा रहेको सिलगढी नगरनिगमको वार्ड नम्बर ४६ मा बस स्टपको उद्घाटन गरियो। कार्यक्रममा स्थानीय पार्षद दिलीप बर्मन लगायतको उपस्थिति रहेको थियो। करिब ३ लाख ४२ हजार रुपियाँमा यो बस स्टप निर्माण भएको हो।

शंकर घोषले आफ्नो कोषबाट नगरको विकासका लागि विभिन्न कार्य योजना बनाएको र साना साना कामबाट नगरवासीको सेवा गर्ने मेरो मुख्य उद्देश्य रहेको बताए। सोही क्रममा सत्तारुढ दलका काउन्सिलर दिलीप बर्मनले विधायक अर्कै राजनीतिक दलको भए पनि मेरो वडामा विधायक कोषको पहिलो काम भएको बताउनु भयो। राजनीतिक मतभेदका बाबजुद पनि नगर र जनताको विकासमा मिलेर काम गर्नेछौं।









