धुपगढी विधानसभा उपचुनाव अन्तर्गत केन्द्रीय बलको रुट मार्च शुरु

13a8dae1-c11d-418b-9283-e2a8a302d53c

जलपाइगढी: धुपगढी विधानसभा उपचुनाव सेप्टेम्बर ५ मा हुँदैछ। स्वच्छ र शान्तिपूर्ण निर्वाचनका लागि केन्द्रीय बलका केही कम्पनीले धुपगढीमा रुट मार्च शुरु गरेका छन्। पुलिस स्रोतका अनुसार निर्वाचनका लागि केन्द्रीय बलका कूल १५ कम्पनी धुपगढीमा रहनेछन्। सोमबार बिहानैदेखि केन्द्रीय सेनाका जवानहरूले धुपगढी सहरको बाम्नी पुल नजिकैबाट एसियन हाइवे ४८ मा मार्च गरेका छन्। यसबाहेक धुपगढी विधानसभा क्षेत्रको गाडोङ, शालबारी, डाबुरी, सोनतलाहटलगायतका विभिन्न क्षेत्रमा केन्द्रीय बलले रुट मार्च गरेको थियो। शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि प्रत्येक बुथमा केन्द्रीय बल तैनाथ गरिनेछ। निर्वाचनअघि मतदातालाई उत्साहित बनाउन विभिन्न क्षेत्रमा यो रुट मार्च जारी रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement