२१ अगस्तः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। लंगभ्यू बन्दाखेती खेल मैदानमा भएको टुर्नामेण्टको उद्घाटन म्याचमा ट्रक ड्राइभर एसोसिएशन, दुधेले एम.एम. तराई एफसी-लाई २-१-ले पराजित गऱ्यो।

टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। सोमवार खेलिने म्याचमा खोप्रेल रियल स्टेट र बागडोग्रा एफसी-बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।










