ईंग्लिश प्रीमियर लीगमा चेल्सीको निराशाजन हार

IMG-20230821-WA0180.jpg

२१ अगस्तः ईंग्लिश प्रीमियर लीगमा दशजना खेलाड़ीको साथ खेल्दै वेष्ट ह्यामले शक्तिशाली चेल्सीलाई ३-१-ले पराजित गऱ्यो। वेष्ट ह्यामको टीम म्याचमा लगभग ३० मिनटसम्म दशजना खेलाड़ीको साथ खेल्नु पऱ्यो तर चेल्सीले मौकाको फाइदा उठाउन सकेन। यस हारको साथै चेल्सीका नवनियुक्त म्यानेजर मरिशियो पोचेटिनोको निम्ति जीतको प्रतीक्षा अझ लामो तन्कियो। पोचेटिनोले म्यानेजरको पद सम्हालेपछि चेल्सीले अहिलेसम्म एउटा म्याच पनि जित्न सकेको छैन।

आफ्नो होम ग्राउण्ड लण्डन स्टेडियममा केवल २४ प्रतिशत पोजेशनको साथ खेल्ने वेष्ट ह्यामलाई ६७औं मिनटमा ठूलो धक्का लाग्यो। टीमलाई सातौं मिनटमा पहिलो गोल दिलाउने नायेफ एगुएर्डले रेड कार्ड देखेर मैदान छोड़्नु पऱ्यो। वेष्ट ह्यामबाट अन्य दुईवटा गोल मिकेल एण्टोनी (५३औं) र लुकास पाक्वेटाले दर्ता गरे। पाक्वेटाले म्याच समाप्त हुन अघि स्टपेज टाइमको पाँचौं मिनटमा पेनल्टीबाट गोल गरे।

चेल्सीबाट म्याचको एकमात्र गोल कार्नी चुकवुएमेकाले २८औं मिनटमा दर्ता गरे। वेष्ट ह्यामको निम्ति वार्ड प्रजले पहिलो दुईवटा गोलको सेटअप् तयार गरे। उनी हालै साउथम्प्टनबाट वेष्ट ह्याम आएका छन्। वेष्ट ह्याम र चेल्सी दुवैले ड्र-को साथ प्रीमियर लीगमा नयाँ सीजनको शुरुवात गरेको थियो। प्रीमियर लीगको अन्य एउटा म्याचमा एस्टन भिल्लाले एभर्टनलाई ४-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement