डाली यंग बोइज र पचेंग बीच गाउँ विजयी

photocollage_202382111749352.jpg

२१ अगस्तः नेहुर बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा डाली यंग बोइजले सोनादा भेटरन्स ए टीमलाई ७-२-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा पचेंग बीच गाउँले मुण्डा एफसी-लाई ३-२-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजकहरूले टुर्नामेण्टको संशोधित फिक्स्चर जारी गरेका छन्। टुर्नामेण्टको फाइनल ८ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement