गुञ्जमान एफसी र स्काईलार्क युथ क्लब विजयी

photocollage_202382193022356.jpg

२१ अगस्तः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा गुञ्जमान एफसी, खरसाङले पैंयु डाँड़ा सोनादालाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट कुणाल तामाङले ह्याट्रिक गरे जबकि रोहिन तामाङले अन्य १ गोल गरे। यसरी पैंयु डाँड़ा सोनादाबाट पेमा तामाङले गोल गरे। यसबाहेक दोस्रो म्याचमा स्काईलार्क युथ क्लबले नेहुर बालासनलाई ५-४-ले पराजित गऱ्यो। यस रोमाञ्चक म्याचमा विजेता टीमबाट अनियश मंग्रातीले ह्याट्रिक गरे। यसबाहेक आर्यन तामाङले २ गोल गरे। यसरी नेहुर बालासनबाट पेम्बा तामाङले ह्याट्रिक गरे जबकि छेवांग तामाङले अन्य १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement