सिलगढी: छोटाफाप्री सुनाखरी समाजद्वारा आज ३२औँ नेपाली भाषा दिवस भव्य रूपमा पालन गरियो। कार्यक्रम विशेष रूपले गाउँका स-साना नानीहरूमाथि केन्द्रित थियो। यसका साथै कार्यक्रमको सभापतित्व समाजकै सल्लाहकार चन्द्रबहादुर कार्कीले गरेको थियो भने आमन्त्रित अतिथिको रूपमा लीलाबहादुर छेत्री अनि मुकेश गिरीको प्रमुख रूपले उपस्थिति रहेको थियो। राजा काफ्लेद्वारा सञ्चालित यस कार्यक्रमको शुरूवातमा सांस्कृतिक सचिव श्रीमती सुनिता तामाङद्वार भाषा मान्यता बारे छोटकारीमा परिचय दिएपछि आमन्त्रित अतिथिको रूपमा उपस्थित लीलाबहादुर छेत्रीले ठूला-बड़ालाई भन्दा यस्ता स-साना नानीहरूलाई भाषाको औचित्य बारे बुझाउनु आवश्यक रहेको कुरामाथि विशेष जोड़ दिए। यसबाहेक अर्का आमन्त्रित अतिथि मुकेश गिरीले भाषा आन्दोलनको इतिहासबारे जानकारी गराए। कार्यक्रम अझ रोचक तथा आकर्षक गराउनको निम्ति हाजिरी-जवाफ प्रतियोगिता साथै उक्खान, टुक्का अनि गाँउ खाने कथा बारे जानकारी पनि राखिएको थियो जसको सञ्चालन क्रमैले देवराज थापा अनि दिवास दाहालले गरेको थिय़ो। त्यसरी नै भाषा सम्बन्धी विद्यार्थीका मनमा रहेको जिज्ञासा दुर होस होस भन्ने हेतुले राखिएको यस कार्यक्रममा निनोर भुटिया, सुभम कुण्डुले पनि भाषा बारे स्व-अध्ययान गरेर छोटाकारीमा आ-आफ्नो वक्तव्य राखे। सभाको अन्त्यमा कार्यक्रमको सभापति चन्द्रबहादुर कार्कीले हामीले हाम्रो साइनो शब्दहरू पनि भुल्न-नहुने बारे अवगात गराउँदै सभाको समापन भएको घोषणा गरे।









