फिफा महिला वर्ल्ड कपः स्पेन पहिलोपल्ट च्याम्पियन

IMG-20230820-WA0304.jpg

२० अगस्तः स्पेनले फिफा महिला वर्ल्ड कपको खिताब जित्यो। अष्ट्रेलियाको सिडनी स्टेडियममा खेलिएको फाइनलमा स्पेनले ईंग्ल्याण्डलाई १-०-ले पराजित गऱ्यो। म्याचको एकमात्र गोल स्पेनकी कप्तान ओल्गा कारमोनाले २९औं मिनटमा गरिन्। ओल्गा कारमोनाले दर्ता गरेको त्यही गोलले स्पेनलाई च्याम्पियन बनायो।

स्पेनको टीम पहिलोपल्ट वर्ल्ड कपको फाइनल खेलिरहेको थियो अनि आफ्नो पहिलो फाइनलमै टीमले ईंग्ल्याण्ड जस्तो मजबूत प्रतिद्वन्द्वीलाई पराजित गरी खिताब जित्यो। ईंग्ल्याण्डको पनि यो पहिलो वर्ल्ड कप फाइनल थियो। स्पेनको महिला टीम फिफा वर्ल्ड कप जित्ने पाँचौं टीम बन्यो।

यसअघि अमेरिकाले ४ पल्ट, जर्मनीले २ पल्ट तथा नर्वे र जापानले १-१ पल्ट फिफा महिला वर्ल्ड कपको खिताब जितिसकेको छ। चाखलाग्दो कुरा के छ भने, स्पेनले यसअघि फिफा महिला वर्ल्ड कपमा केवल एउटा म्याच जितेको थियो तर यसपाली टीमले असाधारण प्रदर्शन गर्दै ट्रफी जित्यो।

स्पेनले साल १९९१, १९९५, १९९९, २००३, २००७ र २०११ मा त फिफा वर्ल्ड कपको निम्ति क्वालीफाई नै गर्न सकेको थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement